२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

दाङका बैंकमा सेवाग्राहीको चाप बढ्दै

कोरोना भाईरसको महामारी कायम रहदा पछिल्लो समय दाङमा हप्ताको दुई दिन बैंकहरु खुल्ने गरेका छन् । बैंकहरु बार अनुसार हप्ताको दुई दिन खुल्न थालेसँगै अहिले बैंकहरुमा सेवाग्राहीको चाप बढ्दै जान थालेको छ ।

कोरोना संकट व्यबस्थापन केन्द्र दाङले आर्थिक कारोबारोका लागि बैंकलाई पालो अनुसार हप्ताको दुई दिन खुल्न दिएसँगै बैंकहरुमा नागरिकको संख्या बढ्दै जान थालेको हो । बैंकहरु विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म खोल्ने गरेका छन् भने भौतिक दुरी कायम गर्दै स्वास्थ्य सजकता अपनाएर नागरिकहरुले सेवा लिईरहेका छन् ।

दाङका ठुला शहरहरु घोराही, तुलसीपुर, लमही, नारायनपुर लगाएतका बजारमा बैंक तथा वित्तिय संस्थाहरु खुलेसँगै स्वास्थ्यका मापदण्ड पालना गर्दै बैंकिङ सेवा लिन आउने नागरिकको संख्या बढ्दै जान थालेको हो ।।