२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

कोरोनाबाट बाँकेमा २८ वर्षीय पुरुष सहित थप ६ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा २८ वर्षीय पुरुष सहित थप ६ जनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा पाँच जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी थप ६ जनाको मृत्यु भएको जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा कुमाख गाउँपालिका(१ सल्यानका ६७ वर्षिया महिला, मधुवन नगरपालिका- ६ बर्दियाका ५९ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका(६ बाँकेका ३५ वर्षिया महिला, खजुरा गाउँपालिका – ३ बाँकेका ७५ वर्षिया महिला हुनुहुन्छ ।

त्यस्तै भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका – ५ बाँकेका ६१ वर्षिया महिला र मेडिकल कजेजमा कोहलपुर नगरपालिका – २ बाँकेका २८ वर्षिय पुरुषको समेत कोभिडकै कारण मृत्यु भएको अस्पतालले जनाएका छन् ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका १६७ जना र जिल्लाकै २२२ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् ।