दाङको नारायणपुर बजार भोली (शनिबार) देखि एक हप्ता सम्मका लागि सिल हुने भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको पहलमा कोभिड १९ को महामारी न्यूनीकरणका लागि नारायणपुर बजार क्षेत्रलाई जेठ १ गतेदेखि जेठ ७ गतेसम्म पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।
विहानको समयमा सामान किनमेलका लागि बजारमा अत्यधिक भीडभाड बढ्न थालेपछि पूर्ण रूपमा बजार बन्द गर्ने निर्णय गरिएको छ । यो अवधिमा मेडिकल खुला रहने छन् भने एग्रोभेट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाएर खुला रहनेछन् ।