दाङको शान्तिनगर गाउँपालिकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । ६ जना थपिए संगै शान्तिनरमा सक्रिय कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । आज मात्र ४ जना कोरोना जितेर घर फर्केको स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिनुभयो ।
आज कोरोना संक्रमण पुष्टि भएका सबैको अबस्था सामान्य रहेकाले सबैलाई चिकित्सकको सम्पर्कमा रहन परामर्श गरि होम आईसोलेशनमा पठाईएको स्वास्थ्य संयोजक पुनले जानकारी दिनुभयो ।
साथै शान्तिनगर गाउँपलिका भित्र होम आईसोलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सक संग सम्पर्क गर्न अनुरोध गरिएको छ । कुनै समस्या भएमा मेडिकल अधिकृत डा।केशब के।सीको सम्पर्क नं। ९८४१४४००२१ र स्वास्थ्य संयोजक हरि बहादुर पुनको नम्बर ९८६६७०८५२५ मा सम्पर्क गर्न सकिने बताइएको छ । शान्तिनगर गाउँपालिकाले संचालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा ७ जनाको उपचार भइरहेको छ ।