दाङकाे शान्तिनगरमा कोरोना सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएका सामाजिक अभियान्ता प्रदिप अधिकारीले शान्तिनगरको आइसोलेसनलाई विभिन्न सामाग्री सहयोग गरेका छन् ।
शान्तिनगर गाउँपालिकाले संचालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा आवश्यक विभिन्न सामाग्री सहयोग गरेका हुन् । आइसोलेसनमा पानी तताउने इलेक्ट्रिक जग ३ पिस, मास्क ५०० पिस, पानी १६ कार्टुन, फेस सिल्ड ७ पिस, हेड सिल्ड १०० पिस, विरामीका लागि आवश्यक गिलास ८ वटा, मेडिकल पञ्जा १०० पिस लगायतका सामाग्री शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरी पुनलाई हस्तारण गरिएको अधिकारीले बताउनुभयो ।
देश तथा विदेशबाट सहयोगीदाताको सहयोगमा सो सामाग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । आइसाेलेसनका लागि आवश्यक अक्सिजन सिलिण्डर पनि उपलब्ध गराउने कार्यक्रम रहेको बताउनुभयो । यसका लागि अक्सिजन सिलिण्डरको खोजी भइरहेको अधिकारीको भनाई छ ।