शान्तिनगर गाउँपालिका वडा नं ७ ले काेराेना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएकाे छ । आज बसेकाे वडा स्तरिय सर्बदलिय सर्बपक्षिय बैठकले वडा भित्र काेराेना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकाे हाे । वडा अध्यक्ष पिमलाल वलीकाे अध्यक्षतामा बसेकाे बैठकले काेराेना राेकथाम तथा नियन्त्रणेमा सहयाेग पुग्ने खाले काेराेना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।
टाेल टाेलमा जाने वडाबासीकाे अवस्था बारेमा जानकारी लिने र संक्रमितलाई आवश्यक सहयाेग तथा हाैसला दिने वडा अध्यक्ष वलीले जानकारी दिनुभयाे । वडा भित्र कसै समस्या परेमा आफू लगायत जनप्रतिनिध र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न वडा अध्यक्ष वलीले आग्रह गर्नुभएकाे छ ।
सर्बदलिय सर्बपक्षिय बैठकमा नेपाली कांग्रेसका तारा वहादुर वली, नेकपा माओवादी केन्द्र हेमन्त कुमार शर्मा, एमाले प्रतिनिधि, स्वास्थ्य क्लिनिक प्रमुख जिर्गा पुन, वडा सदस्य लगायतकाे सहभागिता रहेकाे थियाे ।