२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

कांग्रेसका उपसभापति गच्छदारलाई पत्नीशोक

पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको कांग्रेस नेता प्रकाशशरण महले जानकारी दिए

कोरोना संक्रमण भएपछि उनी अस्पतालमा भर्ना थिइन्। उनको निधनले स्तब्ध र मर्माहत बनाएको बताउँदै कांग्रेस नेताहरूले शोक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन्।