२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

तीन बालकको शव आफन्तले बुझे

तुलसीपुरमा पार्किङ गरि राखिएको कारमा मृत अवस्था फेला परेका तीन बालकको शव आफन्तले बुझेका छन् । पीडित परिवारलाई जनही एकलाख २५ हजारका दरले नगद दिने गरि सहमति भएपछि पीडित परिवारले शव वुझेका हुन् ।
पीडित परिवारलाई उपमहानगरपालिकाले अहिले जनही २५/२५ हजार रूपैया प्रदान गरेको र बाँकी एकलाख रूपैया कार्यपालिका बैठकबाट निर्णय गरेर प्रदान गर्ने सहमति भएको छ ।
त्यस्तै भिसेरा रिपोर्ट नआउँदा सम्म र सत्यतथ्य छानविन नहँदासम्म पक्राउ परेका कसैलाई पनि नछोड्ने सहमति भएको छ । ति वालकहरुको पोष्टमार्टम रिपोर्टमा हत्या नभएको देखिएको थियो ।

घर अगाडी पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए । उनीहरू वैशाख १८ गते मृत भेटिएका थिए ।