२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

अनेरास्ववियूकाे ५६औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

अनेरास्ववियू दाङले आफ्नो ५६औं स्थापना दिवसका अवसरमा घोराहीमा रक्तदान कार्यक्रम गरेको छ। रक्त संचार सेवा केन्द्र घोराहीमा गरिएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । अनेरास्ववियूका जिल्ला संयोजक सर्जन परियारको अध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यातामा रक्तदान कार्यक्रम गरिएको थियो ।
कोरोना महामारीका समयमा विरामीलाई रगत अभाव नहोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको संयोजक परियारले बताउनुभयो । नेकपा एमाले जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ, सोना सिमेन्ट प्रालिका निर्देशक हरि पाठक, एमाले जिल्ला सदस्य मौसम आचार्यको विशिष्ठ आतिथ्याता तथा अनेरास्ववियूका जिल्ला सह-संयोगक दिवस क्षेत्रीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण कार्यालय सदस्य लक्ष्मण डाँगीले गर्नुभएको थियो । रक्तदान संयोजक परियार, सह-संयोजक क्षेत्रीसहित विवेक श्रेष्ठ, सर्जन परियार, लक्ष्मण गिरी, विराज डिसी, गणेश खड्का, विशाल चौधरी, प्रकाश परियार, धन बहादुर चौधरी, चन्दन भण्डारी, खुशीराम चौधरी र अनुप भण्डारी लगायतले गर्नुभएको थियो । अनेरास्ववियूले हरेक वर्ष स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यस वर्ष अन्य कार्यक्रम गर्न नपाइए पनि स्वास्थ्य मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रम गरिएको संयोजक परियाले बताउनुभयो । उहाँले रक्तदान गर्ने सबैलाई धन्यावाद समेत ज्ञापन गर्नुभयो । अनेरास्ववियू विस २०२२ साल जेठ १ गते स्थापना भएको थियो ।