२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

प्रेस चाैतारीले बस्नेतको उपचारका लागि १० हजार सहयोग गर्ने

प्रेस चौतारी नेपाल दाङ शाखाले शाखाका साधारण सदस्य लक्ष्मण बस्नेतको उपचारका लागि १० हजार सहयोग गर्ने निर्णय गरेको छ । रुपन्देहीको भैरहवा मेडिकल कलेजमा उपचार गरि रहनु भएका बस्नेतको उपचारका लागि चौतारी दाङले १० हजार सहयोग गर्ने निर्णय गरेको अध्यक्ष जे. एन सागरले जानकारी दिनुभएको छ ।

सहयोगी साथीहरु, संघसस्था, पत्रकार साथीहरू र अन्य साथीहरूले प्रेमबहादुर राम्जाको नाममा रहेको नेपाल बङ्गलादेश बैंक हापुरे शाखाको ०६४००२१५२i मा सहयोग गर्न सक्नु हुन्छ ।