२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा करेन्ट लागेर एक जनाकाे मृत्यु

दाङकाे तुलसीपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठ रहेका छन् ।
आज बिहान पौने नौ बजेतिर नवनिर्मित आफ्नै घरमा पानी चार्नका लागि फलामको भर्‍याङ लैजाने क्रममा थ्रिफेज लाइनमा छुइँदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।