दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत थप २ जना संक्रमितको निधन भएको छ । एचडीयूमा उपचाररत दंगीशरण गाउँपालिका वडा नं. ४ निवासी ७० बर्षीय पुरुष र आईसियूमा उपचाररत घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ७४ बर्षीय महिलाको मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिनुभयाे ।
दंगीशणका पुरुष वैशाख २४ गते अस्पतालमा भर्ना भएका थिए, भने घोराहीका महिला बैशाख २१ गतै भर्ना भएका थिए । उनीहरु दुबैजनामा निमोनिया र स्वासप्रस्वासमा समस्या थियो ।