२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा आईतबार र बुधबार मात्रै आबश्यक सामग्री किन्न पसल खुल्ने

बन्दले सुनसान बनेको पश्चिम दाङको हापुरे बजार । तस्वीर : झुपु क्षेत्री ।

दाङमा लकडाउनलाई थप कडाई गर्दै आईतबार र बुधबार मात्रै आबश्यक सामग्री किन्न पसल खुल्ने भएका छन् । जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रवार बसेकाे बैठकले आईतबार र बुधबार विहान ७ बजेदेखि ८ बजेसम्म मात्रै सामग्री किन्न पसल खुला गर्ने निर्णय गरेकाे हाे ।
यस अघि प्रत्येक दिन विहान ७ देखि ८ बजेसम्म सामग्री किन्न पाईन्थ्यो ।

दैनिक कोरोना संक्रमितको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि नरोकिएको भन्दै दाङमा जेठ १५ गतेसम्म लकडाउन थप गरिएकाे छ । दाङमा वैशाख १७ गतेदेखि लकडाउन जारी छ ।