२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

दुबै मृगाैला फेल मनमायालाई सहयाेग रकम प्रदान गरे क्षेत्रीले

दुबै मृगाैला फेल भएकी एक महिलालाई युवा नेता तथा सामाजिक अभियान्ता झुपु क्षेत्रीले घरमै गएर सहयाेग रकम प्रदान गरेका छन् ।
बबई गाउँपालिका वडा नं ५ हुरुम निवासी दुबै मृगाैला फेल भएकी २५ बर्षिया मनमाया कुमाललाई नगद १५ हजार २ सय रूपैयाँ सहयाेग रकम प्रदान गरेका हुन । छहरा अनलाइनका अध्यक्ष समेत रहेका क्षेत्रीले अति विपन्न परिवार भएकी कुमाललाई विभिन्न सहयाेगीदाताले पठाएकाे जम्मा गरि साे रकम प्रदान गरेका हुन् ।
सासुकाे क्यान्सरका कारण केही अगाडि मृत्यु भएकाे थियाे । सासुकाे उपचार गराउदा गराउदै सबै जग्गा जमिन पनि सकेका कुमाल परिवारले सहयाेगकाे आशामा आफुलाई फाेन गरेकाले सहयाेगीदाताबाट साे रकम जम्मा गरेर दिएकाे सामाजिक अभियान्ता क्षेत्रीले बताए ।
काेराेनाकाे महामारीमा पनि दुबै मृगाैला फेल भएकी मनमायाका लागि बबई २ घर भई हाल मलिसिया बस्ने रोशन केसीले रु ५०००, बबई ४ घर भई हाल दुबई बस्ने प्रज्ञाले रु ५०००, बबई ५ घर भई हाल मलेसिया बस्ने टेक ब खड़का ले २२००, हाल जापान बस्ने नाम एक युवकले रु ३००० गरी जम्मा रु १५२०० रूपैया उनलाई प्रदान गरिएकाे थियाे । सहयोग गर्न चाहानेले दुबै मृगाैला पिडित मनमायाकाे नम्बर ९८२२४९०९२४ मा सम्पर्क गरि सहयाेग गरिदिन कुमाल परिवारले सबैमा आग्रह गरेकाे छ ।