२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा एकैदिन ७ जना संक्रमितकाे मृत्यु

सांकेतिक तस्बिर ।

कोरोना संक्रमणबाट दाङमा एकैदिन ७ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार ३ जनाको उपचारका क्रममा, ३ जनाको होम आसाेलेसनमा र १ जनाको बाटोमै मृत्यु भएको हो ।
कार्यालयमा कोभिड फोकल पर्सन कमल चन्दका अनुसार लमही ६ का ५९ वर्षिय पुरुष, घोराही ९ का ३० वर्षिय पुरुष र घोराही ९ कै ६९ वर्षिय पुरुषको होमआइसुलेनमा मृत्यु भएको छ । त्यस्तै तुलसीपुर १६ का ७८ वर्षिय पुरुषको मेट्रो अस्पताल तुलसीपुरमा, घोराही १४ का ७४ वर्षिया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी र घोराही १८ का ७० वर्षिया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार घोराही १४ का ६४ वर्षिय पुरुषको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छ ।
दाङमा कोरोना संक्रमण बढ्दै गएको भन्दै चन्दले हालसम्म २ हजार ९ सय ८० एक्टिभ संक्रमित रहेको र ५ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म १ सय ४७ जनाको मृत्यु भएको छ ।