२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

दाङको कलश सहकारीद्वारा कोरोना उपचार ऋण सहयोग

दाङको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोराेना सङ्क्रमण पुष्टि भएका आफ्ना सदस्यहरुलाई उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्न शुरु गरेको छ ।

घोराहीमा रहेको सहकारीले कोरोना संक्रमित सदस्यहरुको औषधि उपचारका लागि दुई महिनासम्म ब्याज नलिने गरी एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनुको साथै चार हजार मूल्य बराबरको स्वास्थ्य तथा पोषणयुक्त खानेकुरा उपलब्ध गराउन थालेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

यसैबीच अक्सिजनको अभाव भएपछि दाङमा नागरिक स्तरबाट अक्सिजन बैंकको अभियान थालिएको छ । अस्पतालले अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसकिने बताउन थालेपछि नागरिकले स्वस्फूर्त रुपमा रकम संकलन गरि अक्सिजन आपूर्ति गर्न थालेका हुन् । सामाजिक सञ्जाल मार्फत गरिएको यो अभियानका कारण बिरामीको उपचारमा धेरै सहज भएको कोरोना विशेष अस्पतालहरुले जनाएका छन् ।