२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

पत्रकार बस्नेतका बाबु छोराको निधन

दाङका पत्रकार लक्ष्मण बस्नेतका बाबु छोराको निधन भएको छ । पत्रकार बस्नेतका बाबुछोराको कोरोना मुक्त भइसकेपछि निधन भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ हापुरे निवासी रेडियो हापुरेका पुर्व स्टेशन म्यानेजर
बस्नेतको कोरोना संक्रमणमुक्त भएको ६ दिनपछि निधन भएको हो । कोरोना संक्रमित बस्नेतको ६ दिन अघि रिर्पोट नेगेटीभ आएको थियो ।

बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचारको क्रममा निधन भएको बबई गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो ।

उनका बुवा टोपबहादुर बस्नेतको पनि आइतबार (हिजो) निधन भएको थियो । उनलाई पनि चार दिनअघि कोरोना रिर्पोट नेगेटिभ आएको थियो ।

नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य समेत रहेका बस्नेतको निधन प्रति महासंघले दुख व्यक्त गरेको छ । पत्रकार बस्नेतको उपचारमा सहयोग पुगोस भन्ने उद्येश्यले सहयोग संकलन पनि गरिएको थियो ।