तुलसीपुर नगर जेसिजले शान्तिनगर गाउँपालिकाले संचालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा उपचाररत विरामीलाई निशुल्क पानी तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
‘मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो’ भन्ने मुल मन्त्रलाइ आत्मसात गर्दै नगर जेसिजले धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा उपचाररत विरामीलाई आज एक कार्यक्रमका विच निशुल्क पानी, सेनिटाइजर तथा साबुन विरतण गरेको हो । तुलसीपुर नगर जेसिज बर्ष बर्ष २०२१ का अध्यक्ष नेत्रलाल भट्टराई ( नारायण)को अध्यक्षता तथा शान्तिनगर गाउँ पालिकाका प्रबक्ता रबि बुढाथोकीको प्रमुख आतिथ्यामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संयोजक चेतन कडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण आस्था पाठ बर्ष २०२१ का उपाध्यक्ष थुमन बिश्वकर्माले गर्नुभएको थियो ।
सो अवसरमा बोल्ने बक्ताहरुले तुलसीपुर नगर जेसिज कोरोना महामारीको यो विषम परिस्थितिमा सामाजिक सेवामा खटिएको प्रति धन्यवाद व्यक्त गरेको थिए । कोरोना महामारीको बेलामा विभिन्न काम गरेर मानविय सेवा गरेको भन्दै प्रशंसा समेत गरेका थिए । तुलसीपुर नगर जेसिजले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ ।
नगर जेसिजले आफ्नो सहयोग, सदभाबलाई बजारमा मात्रै केन्द्रीत नगरि गाउँ गाउँ सम्म पुर्याउने उदेश्यले शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा उपचाररत विरामीलाई निशुल्क विभिन्न सामाग्री प्रदान गरेको हो ।