२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोनाबाट दंगिशरणका वडा अध्यक्षको मृत्यु

 

दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ का वडा अध्यक्षको कोरोना संक्रमबाट मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ चखौरा घर भएका ६३ वर्षीय वडा अध्यक्ष पूर्ण वहादुर चौधरीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चुनाव लडेर वडा अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय स्तरमा वडा अध्यक्ष चौधरी लोकप्रीय रहेका थिए ।