२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु, २ घाइते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ दुलिङ खोलामा सोमवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । ढुङ्गा बोकेर रा १ त ३८९५ नम्बरको ट्याक्टर बाँफिकोट गाउँपालिका ६ बाट जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बाँफिकोट गाउँपालिका ६ का १६ वर्षीय आशिष केसीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले बताउनुभयो । दुर्घटनामा मुसिकोट नगरपालिका ७ का २५ वर्षीय चालक मनबहादुर विक र विजय अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवैको स्थानीय कुसारी मेडिकल हलमा उपचार भइरहेको छ ।