२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

घरमै गएर संक्रमितकाे अवस्थाबारे जानकारी लिइयाे

शान्तितनगर गाउँपालिका वडा नंं ६ ले काेराेना संक्रमित भई हाेेम आइसाेलेसनमा बसेकाहरूकाे स्वास्थ्य अवस्थाकाे बारेमा घरमै गएर जानकारी लिएकाे छ । वडा अध्यक्ष रबि बुढाथाेकी र धनाैरी स्वास्थ्य चाैकीका डाक्टर सहितकाे एक टाेलीले घरमै गएर काेराेना संक्रमितकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिएकाे हाे । वडा नंं ६ मा ५ जना काेराेना संक्रमित हाेम आइसाेलेसनमा बसेका छन् । सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे वडा अध्यक्ष बुढाथाेकीले जानकारी दिनुभयाे ।