शान्तिनगर गाउँपालिकाले विभिन्न वडामा कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेका संक्रमित विरामीको घरमै गएर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने कार्य सुरु गरको छ । शान्तिनगर गाउँपालिकाले असामान्य भएका संक्रमित विरामीलाई धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा राखेको छ भने सामान्य अवस्थामा रहेका संक्रमितलाई स्वास्थ्यकर्मीको परामर्श र औषधी दिएर होम आइसोलेसनमा राखेको छ ।
जनप्रतिनिधि र स्वास्थ्यकर्मी टोली घरमै पुगेर होम आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने कार्य सुरु गरेको शान्तिनगर गाउँपालिका प्रवक्ता रबि बुढाथाकीले जानकारी दिनुभयो । घरमै पुगेर संक्रमितको स्वास्थ्य अवस्थाको जानकारी, आवश्यक परामर्श र हौसला प्रदान गर्ने उद्येश्यले यस्तो कार्य सुरु गरेको प्रवक्ता बुढाथोकीले बताउनुभयो । यसले गर्दा संक्रमितको स्वास्थ्य अवस्थाको बारेमा जानकारी हुने र संक्रमितको आत्मावल बढ्ने प्रवक्ता बुढाथोकीको भनाई छ । यो कार्य हिजो सोमबार वडा नं. ६ बाट सुरु गरिएको हो ।
शान्तिनगर गाउँपालिकामा हाल ६१ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । ६१ जना संक्रिय कोरोना संक्रमित मध्ये ५३ जना होम आइसोलेसनमा बसेको स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिनुभयो । संयोजक पुनका अनुसार ४ जनाको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा उपचार भइरहेको छ भने २ कोरोना विशेष अस्पताल बेलझुण्डि, १ जनाको नेपालगञ्ज र १ जनाको भैरवाको अस्पतालमा उपचार भइरहेको छ ।
शान्तिनगर गाउँपालिकामा हाल तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पहिले एन्टिजेन विधिबाट परिक्षण गर्दा अधिकांशको रिपोर्ट पोजेटिभ आउने गरेमा अहिले भने अधिकांशको रिपोर्ट नेजेटिभ आउने गरेको संयोजक पुनले बताउनुभयो ।
साथै शान्तिनगर गाउँपलिका भित्र होम आईसोलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सक संग सम्पर्क गर्न अनुरोध गरिएको छ । कुनै समस्या भएमा स्वास्थ्य संयोजक हरि पुनको नम्बर ९८६६७०८५२५ र मेडिकल अधिकृत डा. केशब के.सीको नं. ९८४१४४००२१ मा सम्पर्क गर्न सकिने बताइएको छ ।