तुलसीपुरमा एक कोरोना संक्रमित वडा सदस्यको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का ५० बर्षिय वडा सदस्य धनीराम चौधरीको निधन भएको हो । नेपाली काँग्रेस दाङका नेता, बेसका संस्थापक एवम् कमैया आन्दोलनका केन्द्रीय सदस्य समेत रहेका चौधरीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा हिजो राती पौने आठ बजे तिर निधन भएको हो ।
उनलाई वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।