दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले अक्सिजन प्लान्ट निर्माणकालागि एक करोड ५० लाख रकम पाउने भएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सहित १२ अस्पतालले अक्सिजन प्लान्ट निर्माणकालागि बजेट पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङ सहित विभिन्न जिल्लाका १२ वटा अस्पतालहरुमा अक्सिजन पाईप लाईन र प्लान्ट स्थापना गर्नका लागी १६ करोड असी लाख थप निकासा गरी दिन माग गरे बमोजिम उक्त बजेट सुनिश्चित गरेको अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा शाखा अधिकृत खेमेन्द्रमणि घिमिरेले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
उक्त बजेटबाट ११ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एउटा अस्पतालमा अक्सिजन पाईप लाईन स्थापना गर्न खर्च गरिने भएको छ ।