तुलसीपुर मेट्रो अस्पताललाई तुलसीपुर उपमहानगरपालिका–६ नम्बर वडाले अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना अस्पतालका लागि २ वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो ।
अक्सिजको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि अटोमेटिक अक्सिजन उत्पादन गर्ने कन्सट्रेटर सहयोग गरेको तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष नवराज लामीछानेले जानकारी दिनुभयो ।
कन्सट्रेटरले प्रति मिनेट ४ लिटरसम्म अक्सिजन उत्पादन गर्ने गर्छ । अक्सिजन अभावमा कोरोना संक्रमित बिरामी छटपटीएका बेला अक्सिजन कन्सट्रेटर उपकरण खरिद गरेर कोरोना आइसोलेसन अस्पताललाई दिने ६ नम्बर वडा १९ वटा वडा मध्य पहिलो हो । कन्सट्रेटर मंगलबार रातिदेखि संचालनमा आएको छ ।