२०८० साउन १७ गते बुधवार
२०८० साउन १७ गते बुधवार

बाँकेमा १३ घण्टामा थप १७ जना संक्रमिकाे मृत्यु

बाँकेका अस्पतालमा वितेकाे १३ घण्टामा कोरोना भाइरस संक्रमित थप १७ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जना गरि कुल १७ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । १३ घण्टाको अवधिमा यति धैरै संक्रमितहरुले ज्यान गुमाएको यो पहिलो पटक हो ।

मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका-१८ बाँकेका ७३ वर्षीया महिला, गढवा गाउँपालिका-७ दाङका ३० वषीया महिला, सानोभेरी नगरपालिका-११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-१२ बाँकेका ४१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-२ बर्दियाका ८४ वर्षीय पुरुष हुनुहुन्छ ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका-६ बाँकेका ४५ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका-२ बाँकेका ५९ वर्षीया महिला, टिकापुर नगरपालिका-१६ कैलालीका २८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ बाँकेका ५८ वर्षीया महिला र नेपालगन्ज उममहानगरपालिका-३ बाँकेका ६१ वषीय पुरुषको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार त्रिवेणी गाउँपालिका-१ रुकुम पश्चिमका २७ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका-४ बाँकेका ६७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-४ बाँकेका ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका-९ बर्दियाका ६३ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका-१ बर्दियाका ३८ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका-२ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका-५ कैलालीका ६८ वर्षीया महिलाको संक्रमणकै कारण मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका २०९ जनाको र जिल्लाकै २५३ जनाको मृत्यु भईसकेको छ ।