दाङको दंगीशरण गाउँपालिकालाई अमेरिकामा रहेका युवाहरूले एघार लाख बढि आर्थिक सहयोग गरेका छन् ।गाउँपालिकाले बागरमा सन्चालन गरेको अक्सिजन सहितको आईसोलेसनमा अक्सिजन सिलिण्डर खरिद तथा ब्यबस्थापनका लागी अमेरिका बस्ने गाउँपालिका बासीले एघार लाख उन्नाईस हजार नौ सय असी रुपैया सहयोग गरेका हुन् ।
कोरोना संक्रमित विरामीहरुको उपचारका लागी थप सहज होस् भन्ने उद्देश्यका साथ उनीहरुले उक्त रकम सहयोग गरेका छन् । काेराेना महामारीकाे याे बिपद समयमा सहयोग गर्ने सहयोगदाता अमेरिकामा बसाेबास गर्ने नेपालीहरु प्रति गाउँपालिकाले धन्यावाद ज्ञापन गरेकाे छ ।