२०८० साउन १२ गते शुक्रवार
२०८० साउन १२ गते शुक्रवार

थप ८३०५ जना काेराेना संक्रमित, ६५४३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ८३०५ जना काेराेना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १९० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् । उनीहरुमध्ये १७४८ जना आईसीयूमा छन्, जसमध्ये ४९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।
६५४३ जनाले कोरोनालाई जिते

मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ६५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।