२०८० साउन ११ गते बिहिवार
२०८० साउन ११ गते बिहिवार

जनतामा ओली प्रतिको सहानुभूती बढ्दै छ : मुख्यमन्त्री पाेखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनतामा ओली प्रतिको सहानुभूती बढ्दै गएको बताएका छन् ।

नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री पोखरेलले राजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रधानमन्त्रीको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा सहानुभूती बढ्दै गएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीको कदमको बचाउ गरेका हुन् । उनले लेखेका छन् :“आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क. ओलीप्रति सहानुभूती बढ्दैछ,”