२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

पत्रकार खनालमाथि भएकाे दुव्र्यवहारकाे महासंघद्धारा ध्यानाकर्षण

पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य शिवराज खनालमाथि भएकाे दुव्र्यवहारकाे महासंघले आपत्ति जनाएकाे छ ।
पत्रकार खनालमाथि आज(शनिबार) विहान लमही नगरपालिका ५ बगैचा रोड लमहीमा दुव्र्यवहार भएकोप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

दर्शन स्वर्गद्धारी एग्रोभेट सेन्टरका सञ्चालक एवं लमही नगरपालिकाका पशु उपशाखा प्रमुख शिवराज न्यौपानेले अपशब्द प्रयोग गर्दै पत्रकार खनाललाई ज्यान मार्ने धम्की समेत दिएका थिए । साथै उनले पत्रकारको लाईसेन्स समेत मागेका थिए ।

पत्रकार खनालले लेखेको समाचारमा चित्त नबुझे खण्डन गर्ने एवं विभिन्न अन्य माध्यम भए पनि खनालमाथि उनले दुव्र्यवहार गरेको भन्दै यो कार्य निन्दनीय भएको महासंघले एक विज्ञप्ति जारी गर्दै बताएको छ । अध्यक्ष दुर्गालाल केसी र सचिब आरके सीतलले जारी गरेको बिज्ञप्ति मार्फत खनालमाथि दुव्र्यवहार गर्ने न्यौपानेलाई कारबाहीको लागि सम्बन्धित निकायसँग माग पनि गरेको छ ।

पत्रकार खनालले उन्नत जातको धानको बीउ भनेर एग्रोभेटले किसानहरुलाई हाईब्रिड धानको नाममा झुक्याएर अन्य धानको बिउ बिक्री गरेको विषयमा समाचार लेखेका थिए । उनी रेडियो देउखुरीका स्टेशन म्यानेजर समेत हुन् ।