२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

आज शान्तिनगरमा काेराेना संक्रमित संख्या शून्य

दाङकाे  शान्तिनगर गाउँपालिकामा आज काेराेना संक्रमित संख्या शून्य भएकाे छ । शान्तिनगर गाउँपालिकामा काेराेना संक्रमित संख्या शून्य भएकाे बैशाखयता कै आज पहिलाे दिन रहेकाे स्वास्थ्य संयाेजक हरी पुनले जानकारी दिनुभयाे ।

यस्तै आज ६ जनाले काेराेना जितेर घर फर्केका छन् ।
शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेकाे आइसाेलेसनमा ३ जनाकाे उपचार भइरहेकाे छ । हाल शान्तिनगरमा ५२ जना सक्रिय काेराेना संक्रमित रहेका छन् ।

शान्तिनगर गाउँपलिका भित्र हाेम आईसाेलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सक संग सम्पर्क गर्न अनुराेध गरिएकाे छ । कुनै समस्या भएमा मेडिकल अधिकृत डा.केशब के.सीकाे सम्पर्क नं. ९८४१४४००२१ र स्वास्थ्य संयाेजक हरि बहादुर पुनकाे नम्बर ९८६६७०८५२५ मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।
यस्तै शान्तिनगर गाउँपलिका मा कुनै ब्यक्तिलाई काेराेना राेगकाे शंका लागेमा धनाैरी स्वास्थ्य चाैकिमा सम्पर्क गरि काेराेना राेगकाे परिक्षण गर्न अनुराेध गरिएकाे छ।