अमेरिकामा बस्ने दाङ दंगिशरणका युवाहरूकाे सहयाेगमा बागर आइसाेलेसनका लागि ३० वटा अक्सिजन सिलिण्डर किनिएकाे छ ।
अमेरिकामा बस्ने दंगिशरण गाउँपालिका वडा न. ६ र ७ का युवाहरुले सहयोग गरेकाे ११ लाख १९ हजार ९ सय ८० रुपैँयाले ३० वटा अक्सिजन सिलिण्डर किनिएकाे हाे ।
आज ल्याइएको ३० वटा अक्सीजन सहित गाउँपालिकाले सञ्चालन गरेकाे बागर आइलाेलेसनमा अहिले ४५ वटा अक्सीजन भएपछि २५ बेडको आईशोलेशन स्थापना गरिएको गाउँपालिकाका प्रवक्ता विर बहादुर वलीले जानकारी दिनुभयाे
आज गाउँपालिकाका अध्यक्ष्य भागीराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खडका, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल सहितको टोलीले बागर अस्पताललाई अक्सीजन सिलीण्डर हस्ताणतरण गरेको हो । हस्ताणतरण पछि अध्यक्ष चौधरीले विदेशमा रहेका सहयाेगी युवाहरुलाई धन्यवाद दिएका छन ।