दाङकाे बबई गाउँपालिका वडा नं ६ का हाेम आइसाेलेसनमा बसेका काेराेना संक्रमित र अति विपन्न परिवारलाई सहयाेग गरिएकाे छ ।
बबईमा सञ्चालित “कोरोना बिरामी लाई पाेष्टिक आहारा र अक्सिजन सिलिन्डर खरिदमा मेरो ५०० सहयोग” अभियानमा जम्मा भएकाे रकमबाट हाेम आइसाेलेसनमा बसेकाे संक्रमितकाे घरमै गएर पाैष्ट्रिक आहार र हाैसला प्रदान तथा दैनिक ज्याला मजदुरी गरि खाने अति विपन्न परिवारलाई खाद्यान्न सहयाेग गरिएकाे छ ।
हाेम आइसाेलेसनमा बसेका र ज्याला मजदुरी गरि खाने अति विपन्न परिवार गरी २० घर परिवारलाई सहयाेग गरिएकाे अभियान्ता झुपु क्षेत्रीले जानकारी दिनुभयाे ।
बबई गाउँपलिका वडा न ६ का वडा अध्यक्ष राम वहादुर डाँगी, वडा सदस्य विनाेद वली, सामाजिक अभियान्ता झुपु क्षेत्री, रामु वली, देव वली, प्रेम वली, प्रताप घर्ती, याम प्रसाद बाेहाेरा, खुम वहादुर पंगाली एक टाेलीले संक्रमितकाे घरमै गएर पाैष्टिक आहार, स्वास्थ्य अवस्थाकाे जानकारी र हाैसला प्रदान गरेकाे हाे । साथै अति विपन्न परिवारलाई खाद्यान्न सहयाेग गरेकाे हाे ।