काेराेना संक्रमणका कारण ज्योति विकास बैंक तुलसीपुर शाखा प्रमुख डिल्ली केसी (आयाप) को निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय केसीको कोरोना संक्रमणका कारण मृत्यु भएकाे हाे ।
२५ दिन अघि कोरोना संक्रमण पुष्टि भएका केसीको काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएकाे छ ।