दाङकाे शान्तिनगर गाउँपालिकामा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ७ जना डिस्चार्ज भएका छन् ।
आज थपिएका ९ जना संगै शान्तिनगरमा संक्रिय काेराेना संक्रमितकाे संख्या ४७ जना रहेकाे स्वास्थ्य शाखा संयाेजक हरी पुनले जानकारी दिनुभयाे । संयाेजक पुनका अनुसार शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेकाे धनाैरी स्वास्थ्य चाैकीकाे आइसाेलेसनमा ३ जनाकाे उपचार भइरहेकाे छ । अन्यकाे स्वास्थ्य अवस्था सामान्य भएकाले हाेम आइसाेलेसनमा बसेका छन् ।
शान्तिनगर गाउँपलिका भित्र हाेम आईसाेलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सक संग सम्पर्क गर्न अनुराेध गरिएकाे छ । कुनै समस्या भएमा मेडिकल अधिकृत डा.केशब के.सीकाे सम्पर्क नं. ९८४१४४००२१ र स्वास्थ्य संयाेजक हरि बहादुर पुनकाे नम्बर ९८६६७०८५२५ मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।
यस्तै शान्तिनगर गाउँपलिका मा कुनै ब्यक्तिलाई काेराेना राेगकाे शंका लागेमा धनाैरी स्वास्थ्य चाैकिमा सम्पर्क गरि काेराेना राेगकाे परिक्षण गर्न अनुराेध गरिएकाे छ।