२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

थप ८६३६ जनामा संक्रमण पुष्टि, १६९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८६३६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ५ लाख २८ हजार ८४८ संक्रमित भएका छन् । उनीहरुमध्ये ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६४०४ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म ६७०० को मृत्यु भएको छ ।