२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

बबई आइसाेलेसनमा खाद्यान्न सहयाेग

 

दाङकाे बबई गाउँपालिकामा सञ्चालन गरिएकाे आइसाेलेसनमा उपचाररत संक्रमित विरामी र विरामी कुरूवालाई खानाका लागि आवश्यक खाद्यान्न सहयाेग गरिएकाे छ ।
“कोरोना बिरामी लाई पाेष्टिक आहारा र अक्सिजन सिलिन्डर खरिदमा मेरो ५०० सहयोग” अभियानमा जम्मा भएको रकमबाट बबई गाउँपालिका संक्रमित विरामी र विरामी कुरूवालाई खानाका लागि आवश्यक खाद्यान्न सामाग्री एक कार्यक्रमका विच सहयाेग गरिएकाे हाे ।

साे अवसरमा नेपाली कांग्रेस बबईका सभापती बल बहादुर बुढाले काेराेना महामारीकाे याे विषम परिस्थितिमा पनि सहयाेग गर्नुहुने सहयाेगीदाता र अभियान्तालाई धन्यवाद दिनु भएकाे थियाे ।
यस्तै बबई स्वास्थ्य शाखा उप-प्रमुख शरदराज गिरीले काेराेना महामारीमा गरिएकाे सामाजिक काम प्रतिको खुलेर प्रशंसा र धन्यवाद दिनु भएकाे थियाे ।

अभियान्ता रामु वलीले कार्यक्रमकाे बारेमा प्रष्ट पार्नु भएकाे थियाे भने संयोजक देव वलीले सहयोग गर्नेलाई धन्यवाद दिनु भएकाे थियाे ।