२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

तुलसीपुर कोरोना अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

यु.एस.ए.आइडी तथा तयार नेपालले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
तुलसीपुर उद्योग बाणिज्य संघको समन्वयमा आएकाे साे स्वास्थ्य सामाग्री आज तुलसीपुर उपमहानगरपालिका–८ अस्वारा स्थित अस्पतालमै पुगेर हस्तान्तरण गरिएकाे हाे ।

कोरोना महामारी नियन्त्रणका लागि प्राप्त सर्जिकल माक्स ३६० प्याकेट, ग्लोब्स १० प्यकेट, सेनिटाइजर २० लिटर, पिपिई ५० थान, थर्मल गन ५० थान र आइसोलेसन बेड २० थान स्वास्थ्य सामग्री तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा नगर प्रमुख पाण्डेले अमेरिकन जनताको तर्फबाट नेपाली जनताकालागि राहत साहयता सामग्री उपलब्ध गराएकोमा अमेरिकी सरकार र त्यहाँका जनतालाई धन्यावद दिनुभयाे ।
उद्याेग बाणिज्य संघले तुलसीपुरको विकासका लागि काम गर्दै आएको र याे महामारीकाे वेलामा प्रत्यक्ष तथा समन्वयात्मक रूपमा सहयाेग गर्दै आएकाे प्रति मेयर पाण्डेले खुशी व्यक्त गर्नुभयाे ।