दाङकाे तलसीपुरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पाेखरेलकाे गाडी दुर्घटनामा परेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुदिप गौतम, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी सवार गाडीलाई रा१च ९५५ नम्बरको स्कारपियोले ठक्कर दिँदा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा पूर्व अध्यक्ष सुदिप गौतमलाई सामान्य चोट लागेकाे छ भने बाँकी सकुशल रहेका छन् । दुर्घटनाका कारण गाडिमा क्षति पुगेकाे छ । पत्रकारको टोली नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किदै थियो । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।