२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

मलेसियामा काेराेना कारण १३ जना नेपालीकाे निधन

मलेसियामा हाल सम्म १३ जना नेपाली कामदारकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ । मलेसियामा झन्डै ५ हजार नेपाली कामदार संक्रमित भइसकेका छन्।

यस्तै अाज ६३ जनाले ज्यान गुमाए संगै मलेसियामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ हजार ४ सय ३२;पुगेकाे छ। पछिल्लो चाैबिस घण्टामा ७ हजार ४ सय ७८ जनामा काेराेना पुष्टि हुँदा ४ हजार ६ सय ६५ जना निकाे भएका छन् ।

मलेसियामा ५ लाख ३३ हजार ३ सय ६७ जना काेराेना संक्रमित मध्य ४ लाख ६४ हजार ७ सय १७ जना निकाे भएसंगै अहिले ६८ हजार २ सय ८ जना सक्रिय संक्रमित रहेकाे मलेसियालि स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै मलेसिया बाट नेपाली मजदुर एकता समाज मलेसियाका अध्यक्ष राम प्रसाद सुबेदी संगमले जानकारी दिएका छन् ।