२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरमा स्वास्थ्य घुम्ती शिबिर शुरु

कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि बेस नेपाल संस्था तुलसीपुरले घुम्ती शिबिर सुरु गरेको छ ।
डाक्टर राजीब झा को नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली गाउँ गाउँमा आज बिहिवार देखि खटिएको बेस नेपालका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिनु भयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ टरिगैमा घुम्ती शिबिरको उद्घाटन गर्नुहुदै पुर्बराज्यमन्त्री एवम प्रदेश सभासद्स्य डिल्ली बहादुर चौधरीले कोरोनाको भय त्रास र समुदायको लाजका कारण संक्रमनलाई लुकाएर राखेका ब्यक्ती र परिवारलाई घुम्ती शिबिरमा खटीएका स्वास्थ कर्मीले मनोपरामर्श पनि दिन र प्रार्म्भिक उपचार गर्ने बताउनु भयो ।
बेस संस्थाका अध्यक्ष समेत रहेका चौधरीले भन्नुभयो , स्थानीय सरकारलाई यो अबस्थामा हरेक क्षेत्र बाट सहयोगको खाचो छ, स्थानीय सरकारसग समन्वयमा घुम्ती स्वास्थ शिबिर गाउँमा खटिएको हो ।

स्वास्थकर्मी टोलीको नेतृत्व गरेका डाक्टर राजीब झाले गाउँ बस्तीमा कोरोना पीडित ब्यक्तीले पेसिआर टेस्ट नगराउने र संक्रमन लुकाएर राख्दा झनै संक्रमनको भयाबह स्थीती आएको बताउने भयो । उहाँले भन्नुभयो, ज्वोरो नाप्ने थर्मल गन,अक्सिजनको मात्रा चेक गर्ने अक्सो मिटरक्प प्रयोग गर्ने र अबस्थाको बिश्लेषन गरि आबस्यक औषधि निशुल्क रुपमा उपलब्ध गराईने छ । कोरोना संक्रमितको लक्षन देखिएका र अाशंका लागेका लाई पीसिआर टेष्ट्का परामर्श दिईने डाक्टर झाले बताउनु भयो । डाक्टर झाका अनुसार आज पहिलो दिन २५ जनाको स्वास्थ जाच गरिएको छ ।

कार्यक्रममा तुलसीपुर नगर स्तरीय मनोपरामर्श समुहका संयोजक सुशी बस्नेत र सदस्य सचिब निर्मल नेपालीले मनोपरामर्श र उपचार बिधिका बारेमा केही सुझाब दिनु भएको थियो । बेस नेपालको आज देखि शुरु गरिएको घुम्ती शिबिरबाट पहिचान गरिएका बिरामीलाई एम्बुलेन्सबाट निशुल्क उद्दार गरि सम्बन्धि अस्पताल सम्म पुर्याउने ब्यबस्था गरिएको बेस नेपालले जनाएको छ ।