दाङमा पछिल्लो २४ घण्टामा थप १३० संक्रमित थपिएका छन्, भने २५६ जना डिस्चार्ज भएका छन् । हाल जिल्लामा १५८१ सक्रिय संक्रमित छन् ।
यस्तै दाङमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङले सार्वजनिक गरेको विहीबार साँझ साढे ५ बजेसम्मको तथ्यांक अनुसार घोराही र तुलसीपुरका ४/४ जना तथा गढवा र बबईका १/१ जना संक्रमितको मृत्यु भएको हो ।
यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २०९ पुगेको जिल्लाका कोरोना फोकल पर्सन कमल चन्दले बताउनुभयो ।