२०८० साउन १७ गते बुधवार
२०८० साउन १७ गते बुधवार

दाङमा जारी लकडाउन २५ गते सम्म लम्बियाे

फाइल तस्वीर

दाङमा जारी लकडाउन २५ गते सम्म लम्बिएकाे छ । जिल्ला काेभिड संकट व्यबस्थापन केन्द्रको घोराहीमा बसेको बैठकले लकडाउन थप १० दिन थपेर २५ गते सम्म लम्बाउने निर्णय गरेकाे हाे ।

अत्यावश्यक बस्तुका लागि भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिने निर्णय गरिएको छ ।

त्यसैगरी, बैंकहरुलाई यस अघिकै निर्णय र बार अनुसार खोल्ने तर समय भने थप गरि १० देखी २ बजे सम्म खोल्न दिने निर्णय भएको छ ।

निर्माण सामाग्रि बिक्रिका लागि बेलुका ६ बजे देखी राती ९ बजेसम्म, निर्माण सामाग्रि ढुंगा, गिट्टी र बालुवा ढुवानी भने विहान ६ देखी साँझ ६ बजे सम्मको समय निर्धारण गरिएको छ ।

त्यसैगरी, सिमेन्ट उद्योगको चुन ढुंगा ढुवानीका लागि घोराही सिमेन्ट उद्योगले बेलुका ५ देखी राती १२ बजे सम्म र सोनापुर सिमेन्ट उद्योगले विहान ९ देखी बेलुका ७ बजे सम्म समय निर्धारण गरिएको छ ।

जिल्ला काेभिड संकट व्यबस्थापन केन्द्रका संयोजक दीर्घ नारायण पौडेलको अध्यक्षतामा भएको बैठकमा १० वटै स्थानीय तहक प्रमुख , सुरक्षा प्रमुख , स्वास्थ्य प्रमुख लगाएतको सहभागीता रहेको थियो ।