२०८० साउन ११ गते बिहिवार
२०८० साउन ११ गते बिहिवार

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

प्रतिकात्मक तस्वीर ।

सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गोलबजार नगरपालिका-२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ ।

झगडापछि सुतेकी उनी विहान मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको हल्ला चलेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

दुवैजनाले मदिरा सेवन गरी बिहीबार राति झगडा गरेको र श्रीमानले धकेल्दा घरको भित्तामा टाउको ठोक्किँदा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोको चोटकै कारण मृत्यु भएको खुल्न आएको छ ।