२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

१५ औ गणतन्त्र दिवसमा दलित बिपन्न परिवारलाई खाद्यन्न बितरण

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले दलित बिपन्न परिवारलाई खाद्यन्न तथा दैनिक उपभोग्य बस्तु बितरण गरेको छ । १५ औ गणतन्त्र दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का ३ घर परिवारलाई दुई दिई बोरा चामल,तेल,नुन र दाल बितरण गरेको शाखा सभापति तुलसीराम सुनारले जानकारी दिनुभयो ।

गत बैशाख १६ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बाट हराएका भनिएका तर एक गाडीमा मृत फेला परेका बालकका परिवारलाई राहत बितरण गरिएको हो ।
शान्ति समाजका बरिष्ठ केन्द्रिय उपसभापति सुशील बस्नेत, केन्द्रिय सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनार लगायतले ८ बर्षिय करण परियारका बुवा किरण परियार र आमा सुनीता परियार,० बर्षिय सुवास परियारका बुवा भीमबहादुर परियार र आमा तिला परियार, ७ बर्षिष स्वर्गीय सुर्वण परियारका बुवा सन्तोष परियार,आमा रती परियार र हुजुर आमा सन्तोषी परियारलाई उपलब्ध गराइएको हो ।

सो अवसरमा शाान्ति समाजमा बरिष्ठ केन्द्रिय उपसभापति बस्नेतले भन्नुभयो कोभिडको महामारीको प्रभाबका कारण दैनिक गुजुरा चलाउन नसक्ने अबस्थामा पुगेका परिवारलाई राहत बितरण गरिएको ।

२०६५ साल जेठ १५ गते संबिधान सभाबाट नेपाल,एक संघीय लोकतान्त्रि गणतन्त्रात्मक राज्य घोषणा भएको दिनको अवसरको खुशीयालमा राहत वितरण कार्यक्रम गरिएको बस्नेतले बताउनुभयो । कार्यक्रमको सहजिकरण सचिब निर्मला योगीले गर्नुृभएको थियो ।