२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

बेसद्धारा गाउँघरमै गएर विरामी स्वास्थ्य चेकजाँच

बेस संस्थाले दाङका विभिन्न गाउँ टाेलका घरमै गएर विरामीकाे स्वास्थ्य चेकजाँच गर्दै आएकाे छ ।
कोरोना महामारी (कोभीड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रमूख जिल्ला अधिकारी, स्थानीय तह सरकारहरुको समन्वय तथा सहकार्यमा बेस संस्थाले दाङ जिल्लाको अति प्रभावित गाउँ, नगर तथा टोलहरुमा यहि जेठ १३ गते देखि स्वास्थ्य सामाग्री सहितको चिकीत्सक टोलीबाट घुम्ती स्वास्थ्य शिवीर संचालन गरिएकाे हाे ।

लुम्विनी प्रदेश सभा सदस्य तथा बेस संस्थाका केन्द्रीय अध्यक्ष डिल्ली वहादुर चाैधरीकाे पहलमा यस्ताे घुम्ती स्वास्थ्य शिवीर संचालन गरिएकाे हाे ।

डाक्टर राजीब झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली गाउँ गाउँमा गएर स्वास्थ्य चेकजाँच गर्दै आएकाे बेस संसथाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिनु भयो ।

घुम्ती स्वास्थ्य शिविरमा चिकीत्सकबाट विरामीहरुको स्वास्थ्य जाँच , स्वास्थ्य परामर्श, आधारभूत औषधि उपचार, गम्भीर प्रकृतीका कोभिड–१९ विरामीहरुको उद्धार तथा अस्पताल सम्म पु¥याउन यातायातकाे व्यवस्था गरिएकाे छ ।
यस्तै कोभिड–१९ को लक्षण भएका विरामीहरुको लागि एन्टीजेन जाँच तथा पी.सी.आर जाँचको लागि रिफर पनि गरिने बताइएकाे छ ।

कुनै गाउँघर, टोल तथा छर छिमेकमा कुनै गम्भीर खालको विरामी वा कोभिड–१९ को लक्षण भएका विरामीहरु छन भने रोजी डाँगीकाे नं. ९८६३३२८४४९, प्रियंका श्रेष्ठ नं. ९८४४९८९९६६ मा सम्पर्क गरि स्वास्थ्य सेवा तथा काेभिड जाेखिमबाट बच्न आग्रह गरिएकाे छ ।