२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

गणतन्त्र दिवसमा दाङमा १७ जना कैदीको कैद मिनाहा

गणतन्त्र दिवसकाे अवसरमा दाङमा १७ जना कैदीको कैद मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले दाङ सहित नेपालभर चार सय ३० कैदीलाई बाँकी कैद कट्टा गरी माफी भएको हो । दाङबाट भएका १७ जना कैदी तुलसीपुर कारागार र घोराही कारागारका रहेका छन्।

तुलसीपुर कारागारबाट २ महिलासहित १२ जना कैदीबन्दी रिहा भएको जेलर युवराज परियारले जानकारी दिए । कर्तव्य ज्यान मुद्दाका ८ , सवारी ज्यान मुद्दाका २, ज्यानमार्ने उद्योग र कुटपिट गरी व्यक्ति बेपत्ता पारेको अभियोगका १–१ जनाको कैद मिनाहा गरिएको हो।

यस्तै घोराहीमा कर्तव्य ज्यान, सवारी ज्यान र चोरी मुद्दाका ५ जनाको कैद मिनाहा गरिएको जेलर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । घोराहीमा अब अहिले ३०८ कैदीबन्दी रहेका छन्, भने तुलसीपुरमा २७ महिला र ६ बालबालिकासहित ४७८ जना कैदी बन्दी रहेका छन्। सरकारले विभिन्न दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र असल आचरण भएका कैदीबन्दीलाई बाँकी कैद मिनाह गरिदिने गरेको छ।