२०८० साउन १७ गते बुधवार
२०८० साउन १७ गते बुधवार

कोरोनाविरुद्धको खोप किन्न २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन

सरकारले कोरोनाविरुद्धकाे खोप किन्नको लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अध्यादेशमार्फत बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोराेनाको परीक्षण र उपचार निःशुल्क गरिने घोषणा पनि गर्नुभयो । कोरोना नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । कोरोना सङ्क्रमितको लागि सबै प्रकारको अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्टर कमाण्डको मातहत कार्यन्वयनमा ल्याइने बजेटमा उल्लेख छ ।

त्यस्तै कोराेना उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रदान गरिने जोखिम भत्ता लगायतका अरु सुविधा सङ्क्रमण जोखिम कायम रहेको अवधिसम्मको लागि निरन्तरता दिइएको पनि अर्थमन्त्रीले बताउनुभयो