२०८० साउन ११ गते बिहिवार
२०८० साउन ११ गते बिहिवार

धनाैरी खानेपानीद्धारा बैशाख महिनाकाे न्यूनतम महसुल शुल्क छुट

दाङकाे शान्तिननगर गाउँपालिका वडा नं ५ मा रहेकाे धनाैरी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिले काेराना महामारीलाई मध्यनजर गर्दै बैशाख महिनाकाे न्यूनतम महसुल शुल्क २०० रूपैयाँ छुट दिने भएकाे छ । याे बैशाख महिनामा उपभाेक्ताबाट जम्मा हुने १ लाख ३० हजार रकम छुट हुने धनाैरी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिले जनाएकाे छ ।

दाेस्राे लहरकाे काेराेना महामारीका कारण देश आक्रान्त भई रहेकाे याे विषम परिस्थितिलाई मध्यनजर गर्दै बैशाख महिनाकाे न्यूनतम महसुल शुल्क छुट गर्ने निर्णय गरेकाे धनाैरी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिका अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिनुभयाे ।

काेराेना महामारीकाे समयमा साँझ विहानकाे छाक टार्न समस्या परिरहेकाे बेलामा न्यूनतम महसुल शुल्क छुटले उपभाेक्ताहरूलाई थाेरै भएपनि राहत मिलाेस् भन्ने उद्येश्यले यस्ताे निर्णय गरेकाे अध्यक्ष बस्नेतले बताउनुभयाे ।

धनाैरी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिकाे पानी अहिले शान्तिनगर ५ का रगैंजा, बैशा, रजघटुवा, बागढुई, ढाेरेनी, काँसीपुर, सानाे तुलसीपुर तथा वडा नं ७ खैरेनी गरी ६५० घरमा वितरण गरिएकाे छ ।