तुलसीपुर नगरजेसिजकाे आयाेजना र नेशनल प्याथल्याब तथा रिसर्च सेण्टर तुलसीपुरकाे प्राविधिक सहयाेगमा घरमै गएर पिसिआर टेष्टकाे सेवा संचालन गरिएकाे छ ।
मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाइ आत्मसात गर्दै “घरमै पिसिआर टेस्ट गरौं ढुक्क भइ घरमै सुरक्षित बसौ ” भन्ने नारा सहित आजदेखि ” हजुर १ कल फोन गर्नुस हामी घरमै आयर PCR टेस्ट गर्छौ ” भन्ने अभियान संचालन गरिएकाे हाे ।
बजार गएर अस्पतालमा लाइन बस्ने र रिपोर्ट आउन समय कुर्नुपर्ने समस्याका साथै झनै संक्रमण फैलने भएकाले विरामीकाे समस्यालाई मध्यनजर गर्दै घरमै पुगेर काेराेना पिसिआर टेष्ट सुविधा बनाइएकाे तुलसीपुर नगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई (नारायण) ले जानकारी दिनुभयाे ।
याे लकडाउनकाे समयमा काेराेना पिसिआर परिक्षण गर्न समस्या परिरहेकाे वेला मानविय सेवामा लागि यस्ताे अभियान संचालन गरिएकाे अध्यक्ष भट्टराईले बताउनुभयाे ।
तुलसीपुरनगर जेसिजले काेराेना महामारी विभिन्न किसिमका उत्तरदायित्व निर्वाह गरि रहेकाे छ । तुलसीपुनगर जेसिजले घर घरमा अक्सिजन सिलिण्डर, काठ बैंकमा काठ सहयाेग, आइसाेलेसनमा स्वास्थ्य सामाग्री समेत सहयाेग गर्दै आएकाे छ ।
“घरमै पिसिआर टेस्ट गरौं ढुक्क भइ घरमै सुरक्षित बसौं ” भन्ने नारा सहित “हजुर १ कल फोन गर्नुस हामी घरमै आयर PCR टेस्ट गर्छौ ” भन्ने अभियान आज एक कार्यक्रमका विच उदघाटन गरि गरिएकाे हाे । अभियान हिजाे देखि सुरू भएपनि आज उद्घाटन गरिएकाे हाे ।
तुलसीपुरनगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई( नारायण ) को अध्यक्षतामा भएकाे कार्यक्रममा ४ जनाको PCR टेस्ट गरि उद्घाटन गरिएको थियो ।
साे अवसरमा नेशनल प्याथल्याब तथा रिसर्च सेण्टर तुलसीपुरका प्रमुख हरि बहादुर चौधरी लगाएतका स्वास्थकर्मीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कानुनी सल्लाहकार जेसि बिमल वली आस्थापाठ गर्नु भएकाे थियाे ।
कार्यक्रम संयोजक जेसि मदन गौतमको स्वागतबाट सुरुभएको सहजिकरण थिम डाइरेक्ट महेन्द्र नारायण खरेलले गर्नुभएको थियो। यो अभियान कोभिट संक्रमण नरोकिने बेला सम्म निरन्तर संचालन भई रहनेछ।